लकडाउनमा युट्युबमा लभ यु हमेसा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण मुलुक चैतदेखि लकडाउनमा छ । लकडाउनका कारण मानिसहरु घरमै बसिरहेका छन् । घरमै बसिरहेका समयमा युट्युबमा विभिन्न फिल्महरु आइरहेका छन् । यही क्रममा फिल्म ‘लभ यु हमेसा’ पनि युट्युबमा आएको छ ।

भाष्कर प्रधानको लेखन तथा निर्देशन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा छायांकन गरिएको थियो । फिल्मलाई नेपालसँगै भारतमा पनि रिलिज गरिएको थियो ।

येवन गुरुङ निर्माता र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व र रिच इन्टरटेनमेन्टका लागि करण क्रेजी श्रेष्ठको वितरण छ ।