विनोदको मनमा सुशीलाप्रति प्यार बढेपछि

काठमाडौं । गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।

रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडियोमा निसान घिमिरेको निर्देशन छ ।

काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम हुमागाईको छायाँकन, विकास दाहालको सम्पादन, दिपु पौडेलको मेकअप छ ।